बाँदरमुढे पिडितद्धारा प्रचण्डलाई स्वागत

आइतबार, १७ मंसिर २०७४, १५ : ५०
बाँदरमुढे पिडितद्धारा प्रचण्डलाई स्वागत

माडी । माओवादी अध्यक्ष प्रचण्डलाई आईतबार माडीमा बाँदरमुढे घटनाका पिडितले पुष्पगुच्छाले स्वागत गरेका छन् । माडीको चुनावी सभालाई सम्बोधन गर्न माडी पुग्नु भएका प्रचण्ड र घटना पिडित बिच ३ बुदे सहमति भएसगै पिडितहरुले स्वागत गरेका हुन् । बाँदरमुढे घटनाका पिडितले ३ वटा मागहरु राख्दै आएका थिए ।

सहमतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र बाँदरमुढे घटनाका तर्फबाट ५ जनाले  हस्ताक्षर गरेका छन् । पिडितको तर्फबाट  कृष्ण तिवारी , मंगली पुन , बिकास लामिछाने , हरि न्युरे (सुदिप) र कृष्ण आचार्य रहनु भएको छ ।

घटनामा ज्यान गुमाएका परिवारलाई रोजगारिको ब्यवस्था गर्ने , घाइतेहरुको औषधी उपचार गर्ने तथा घटनास्थल बाँदरमुढेमा १० विगाह क्षेत्रमा स्मारक सग्रालय र चिडिया घर निर्माण गर्ने उल्लेख छ । घटना पिडितको तर्फबाट हस्ताक्षर कर्ता बिकास लामिछानेले पटक पटक आश्वसन पाए पनि बास्तबिक राहतका लागी काम नभएको तर पटक भने प्रचण्डबाट सहमती कार्यन्वयनको अपेक्षा गरेको बताउनुभयो । सहमती कार्यन्वयनकोल लागी माओवादी केन्द्रबाट ३ जना , पिडितको तर्फबाट ३ जना र माडी नगरपालिकाको तर्फबाट १ जना सम्मिलित समिती बनाइने सहमती समेत भएको लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस