काठमाण्डौ । जोन्सनको खोप लगाएको १४ दिनपछि साउदी जाँदा त्यहाँ गएर संस्थागत क्वरेण्टीन बस्न नपर्ने भएको छ । साउदीमा रहेको नेपाली दूतावासका अनुसार नयाँ जाने र बिदामा आएकाहरू फर्कँदा जोन्सनको खोप लगाएर गएमा त्यहाँ गएर संस्थागत क्वरेण्टीन बस्न पर्ने छैन् ।
साउदीले फाइजर, अस्ट्राजिनेका, मोडेर्ना र जोन्सन एण्ड जोन्सनको खोपलाई मान्यता दिएको छ । त्यसैले साउदी जानेले टिकट काट्दा एयरलाइन्स र ट्राभल एजेन्सीलाई यो कुराको जानकारी गराउन दूतावासले अनुरोध गरेको छ ।
साउदीमा त्यहाँको सरकारले मान्यता दिएको खोप मध्ये फाइजर, अस्ट्राजिनेका, मोडेर्ना खोपको २ वटै डोज लगाइसेका जा जोन्सनको खोप (एक मात्रा मात्र लगाउँदा हुने) लगाएकाले १४ दिन कटेको छ भने संस्थागत क्वरेण्टीन बस्न पर्दैन ।
यसका साथै कोरोना सङ्क्रमण भएर निको भएको ६ महिना कटेको छैन भने पनि साउदी पुगेपछि संस्थागत क्वरेण्टीनमा बस्न पर्दैन । अहिले नेपाल सरकारले जोन्सनको खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सनको खोप लगाइरहेको छ । पासपोर्ट र भिसा लिएर खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०७ साउन २०७८, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने
साउदीको अराम्कोद्वारा एसपीओ घोषणा
नेपाललाई साउदीले दियो ७४ रनको लक्ष्य
साउदीसँग एक महिनाभित्रै श्रम सम्झौता गर्न प्रस्ताव