बेलायतद्धारा सुरक्षा परिषद्को बैठक बोलाउन माग

शुक्रबार, ३० चैत्र २०७४, ०८ : १९
बेलायतद्धारा  सुरक्षा परिषद्को बैठक बोलाउन माग

 


संयुक्त राष्ट्रसंघ । बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन बिहीबार माग गरेको छ । गत महिना रूसका पूर्व गुप्तचर र उहाँकी छोरीमाथि भएको जस्तो रसायनिक आक्रमण फेरी नहोस् भन्ने व्यवस्थाका लागि बैठक बोलाउन माग गरिएको बेलायतले जनाएको छ ।

विश्वभर भइरहेको रसायनिक आक्रमणको बारेमा छलफल गर्न अत्यावश्यक भएको बेलायती अधिकारीहरुको भनाई छ । बेलायतको माग अनुसार यो हप्तापछि सुरक्षा परिषद्को बैठक बोलाइने अपेक्षा गरिएको राष्ट्रसंघकालागि बेलायती मिसनले जनाएको छ ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस