कांग्रेसका सांसद अमरेशकुमारले किन दिए राजीनामा

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, १९ : २०
कांग्रेसका सांसद अमरेशकुमारले किन दिए राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । क्रियाशील सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामा दिएका छन्।

उनले निष्ठावान, गतिशील र पार्टीप्रति समर्पित पुराना कार्यकर्ता र युवाहरुलाई नसमेटेर क्रियाशील सदस्यता वितरण गरेको आरोप लगाउँदै बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्।

सिंहले नराम्रा छविका र पार्टीसँग अपरिचित व्यक्तिलाई मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण गरी समायोजन र नवीकरणका नाममा निजी जत्था तयार गर्ने प्रयास भइरहेको गुनासोसहित राजीनामा दिएका हुन्। 

प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएर जिम्मेवार नागरिकका रूपमा जनहितको संरक्षण गर्न सक्रिय हुनु आफ्नो मूल कर्तव्य बनेको उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस