काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । विप्लव प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार नै पुगेका थिए । विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि छन् ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाणसमेत उपस्थित थिए । विप्लवले पछिल्लो समय शीर्ष नेताहरुको भेटघाटलाई तीव्र पारेका छन् । यसअघि प्रचण्ड, माधवकुमार नेपाल, केपी शर्मा ओली, बाबुराम भट्टराई, माओवादीबाट एमालेमा गएका रामबहादुर थापा बादलसँग विप्लवले भेटवार्ता गरेका थिए ।
शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि विप्लव समूहबाट प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको स्रोतको भनाइ छ । विप्लवले अघिल्लो सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न देउवासमक्ष आग्रह गरेका थिए । देउवाले कानुनअनुसार अगाडि बढ्ने जवाफ दिएका स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ साउन २०७८, १७ : ५३
लेखकबाट थप