चितवन । भरतपुर महानगरका अगुवा महिलाहरुले भरतपुर महानगरमा प्रमुख उपप्रमुख र प्रवक्ता लाई आगामी कार्यकाल पनि आफुहरुले निरन्तरता गराउन चाहेको बताएका छन् । आफुहरुले पार्टीको झण्डा भन्दा माथि उठेर उनीहरुलार्ई बिजयी बनाउन अगाडी बढ्ने महिलाहरुले अठोट प्रकट गरेका हुन् ।
भरतपुर महानगरमा आशा गरिएभन्दा बढि विकास हुनुमा तिनै जनाको उचित समन्वय र सबै जनप्रतिनिधि र कर्मचारीको सक्रियताको परिणाम भएको भन्दै उनीहरुले आगामी कार्यकाल पनि मेयर रेनु दाहाल उपमेयरमा पार्वति शाह र प्रवक्तामा अरुण पिडित भण्डारी सहितको टिम नै आफुहरुले देख्न र त्यही टिमसंग काम गर्न चाहेको बताएका हुन् । भरतपुर महानगर वडा नम्वर १० की अगुवा महिला तथा ओम शान्ति टोल विकास संस्थाकी सचिव शान्ति घिमिरेले महिलाहरुले यहि अहिलेकै नेतृत्वलाई अझै एक कार्यकाल देख्न चाहेको बताइन् ।
नागरिकका जुनसुकै सानो भन्दा सानो समस्या पनि सहज रुपमा सुनुवाई गर्ने र सामान्य भन्दा सामान्य नागरिकले सहजै प्रमुख उपप्रमुख संग आफना कुरा राख्न सक्ने भएकाले यहि टिम नै आफुहरुले निरन्तरता चाहेको अगुवा महिलाहरु बताउछन् । भरतपुर महानगर वडा नम्वर १० ले आयोजना गरेको महिला स्वास्थ्य स्वयंसेविकाकाहरुका लागी आयोजित साईकल वितरण कार्यक्रममा सहभागि महिला स्वास्थ्य स्वयंसेविकाका तथा सामाजिक अगुवा महिलाहरुले महानगरले विकासमा धेरै फड्को मारेको दावी गरे ।
भरतपुर महानगर १० नहर चोककी सरस्वती रिमालले मेयर रेनु दाहाल उपमेयर पार्वती शाह ठकुरी र वडा अध्यक्ष एवं प्रवक्ता अरुण पीडित भण्डारी सहितको टिमले गरेको कामबाट आफुहरु धेरै खुसि भएको बताइन् । महानगरले महानगरमा राष्ट्रिय गौरवका आयोजना देखि नगर विकास र नगरवासीको आर्थीक उन्नतीका लागि प्रयाप्त कामहरु गरेको र अहिले कोही नागरिकले असन्तुष्टि व्यक्त गर्नुपर्ने अवस्था नरहेको उनको भनाई छ ।
वडाले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि नगरवासीको घरदैलोमा जान सहजताका लागि साइकल वितरण गरेर आफुहरुलाइ थप उर्जा प्रदान गरेको भन्दै महानगर र वडा कार्यलय प्रति आभार प्रकट गरिन् ।भरतपुर महानगरपालिका वडा नम्वर १० ले १० मा कार्यरत १३ जना महिल स्वास्थ्य स्वयंसेविकाका सहित कार्यालयमा कार्यरत दुई जना कर्मचारी टंक पन्थी र खडानन्द उपाध्यायलाई साइकल प्रदान गरेर सम्मान गरेको हो ।
नागरिककको घरघरमा स्वास्थ्य सचेतना प्रदान गर्न जानु पर्ने महिला स्वास्थ्य स्वयंसेविकाका लागि सहजता प्रदान गर्न वडाको बजेट बाट उनीहरुका लागि साइकल प्रदान गरिएको वडा अध्यक्ष एवं महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले बताए । वडामा एक कायक्रम गरि महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरी र वडा अध्यक्ष भण्डारीले साइकल हस्तान्तरण गरेका हुन् ।
हरेक समय नागरिकको साथमा छौ : मेयर दाहाल
महानगरमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल विकास गर्न महानगरले निरन्तर काम गरिरहेको र अहिले पनि बडामा कार्यरत महिला स्वयंसेविकालाई साइकल प्रदान गर्न पाउदा धेरै खुसि लागेको महानगर प्रमुख रेनु दाहालले बताइन् । आफुहरु रात दिन नभनी जनताको सेवामा निरन्तर खटिएको र बोलेर भन्दा पनि आफुहरुले गरेको कामबाट आएको परिणामबाट आम नागरिकले मुल्याङ्कन गरेको उनको भनाई छ । मेयर दाहालले आफुहरुले महानगर वासीको विकासको चाहाना पुरा गर्दै देशकै गौरव गर्न लाएक महानगर बनाउने अभियानमा निरन्तर लागि रहेकोे पनि बताइन् । महिला स्वास्थ्य स्वयंसेविकाको लागि चाडपर्व भत्ता प्रदान गर्ने देखि अन्य आवश्यक चिजहरु उपलब्ध गराउन आफुहरु तयार रहेको पनि बताइन् ।
समुन्नत महानगर बनाउने हाम्रो अभियान हो : उपमेयर ठकुरी
उपमेयर पार्वती शाह ठकुरीले महानगरले विकासमा धेरै फड्को मारेको दावी गरिन् । आफुहरु अहिले सम्म निस्वार्थ भावनाले निरन्तर समुन्नत महानगर बनाउने अभियानमा सक्रिय भएको र कोही पनि नागरिकले गुनासो रहने ठाउँ नराखी काम गर्ने दाबी गरिन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि वडाबाट, महानगरबाट सबै तिरबाट आफुहरुले सहयोगका कार्यक्रम अगाडी बढाएको पनि बताइन् ।
म साडी नलाएको स्वयंसेविका हु : प्रवक्ता भण्डारी
कार्यक्रममा प्रवक्ता भण्डारीले आफु साडी नलगाएको महिला स्वास्थ्य स्वयंसेविका भएको भन्दै कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको आत्मबल बनाउने प्रयत्न गरे । महिला स्वास्थ्य स्वयंसेविकाले गरेको र भोगेको दुख आफुलाई थाहा भएको बताउदै भण्डारीले आफु पनि स्वयंसेविका भएको तर साडी मात्रै नलगाएको बताएपछी एक छिन माहोल निकै रमाईलो समेत बन्यो ।
जनमानसको चाहाना र उनीहरुको मनोसामाजिक अवस्था अध्ययन गरेर बोल्न सक्ने खुवी भएका छल कपट नजानेका स्पष्ट वक्ता हुन् महानगरका प्रवक्ता अरुण पिडित भण्डारी । आफुलाई चित्त नबुझेका कुरा प्याच्च भनिपनि हाल्ने र फकाउनु पर्ने ठाउँमा फुरुक्क पनि पार्न सक्ने वाककला भण्डारीमा छ ।
भण्डारीले महानगरको विकासमा महानगर प्रमुख दाहाल सहित आफुहरुको टिम निरन्तर लागेको र महानगरमा विकासले फड्को मारेको दावी गरे । अझै १ वर्षमा महानगरमा धेरै विकास हुने उनको भनाई छ ।
एमालेमा पार्टी सचिव समेत भईसकेका, महानगरमा मेयर नै चलाउन सक्ने क्षमता भएकै कारण भण्डारीलाई चितवन वासीले एक आदर्श व्यक्तित्वका रुपमा चिन्छन् । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुले पनि महानगर प्रमुख उपप्रमुख प्रवक्ता सहितको टिमलाई सम्मान समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
सोमबार, ०४ साउन २०७८, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम
सयपत्री र मखमली मालाको मूल्य निर्धारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड
आगामी एसईईको नतिजा सुधारमा जुट्यो भरतपुर महानगर, विद्यालयहरुले तोके लक्ष्य