निर्वाचन आयोगद्वारा जसपाको दुवै पक्षलाई प्रमाण पेस गर्न आदेश

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १७ : ३७
निर्वाचन आयोगद्वारा जसपाको दुवै पक्षलाई प्रमाण पेस गर्न आदेश

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आज भएको बहसमा निर्वाचन आयोगले दुवै पक्षलाई आ–आफ्नो प्रमाण पेस गर्न आदेश दिएको छ । 

आधिकारिकतासम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले इजलास गठन गरी आजदेखि बहस सुरु गरेको छ । आज दुवै पक्षको बहस सकिएको छ । दुवै पक्षका अधिवक्ताले बहस गरेपछि निर्वाचन आयोगले आआफ्नो प्रमाण पेस गर्न आदेश दिएको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहस गरेका अभिवक्ता वीरेन्द्र ठाकुरले बताए ।

दुवै पक्षले आआफ्नो प्रमाण पेस गरिसकेपछि पुनः त्यसमा दुवै पक्षले दुई–दुई घण्टा बहस गर्ने उनले जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस