एमाले नेता भीम रावलले दिए सांसद पदबाट राजीनामा

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १६ : ०४
एमाले नेता भीम रावलले दिए सांसद पदबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। 

२०७४ सालको प्रतिनिधि सभामा अछाम बाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्।। रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए। 

शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले पदबाटै राजीनामा दिएका हुन्। उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए। आइतबार बिहान उनि सहित नेकपा एमाले कार्यदलका सदस्यहरु माधव नेपाललाई भेटेर संस्थागत निर्णय गरेर अघि बढ्न आग्रह गरेका थिए। तर नेता नेपालले रावल संयोजकत्वको कार्यदलको १० बुदेँ सहमति अस्वीकार गरिदिएका थिए। 

नेता नेपालको खेमामा रहेका रावल केपी शर्मा ओली प्रधानमन्त्री रहँदासम्म खरो आलोचक थिए। रावललाई अध्यक्ष ओलीले माधव नेपालसँगै पार्टीबाट कारवाही गर्ने र कारवाही फिर्ता लिने कार्य समेत गरेका थिए। 

रावलले राजीनामा गर्दै आफूले राजनीतिको दुषित खेलबाट अलग गरेको बताएका छन्। उच्च राजनीतिक नेतृत्वमा अनैतिक र स्वेच्छाचारी व्यवहार देखियो रावलले संसद भवन पुगेर भने, यस्तो राजनीतिको मतियार हुनु भन्दा दुषित खेलबाट अलग गर्ने निर्णय गरेको छु।

प्रतिक्रिया दिनुहोस