प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन हेलिकप्टरमार्फत् काठमाडौं पुगे गगन थापा

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १५ : २१
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन हेलिकप्टरमार्फत् काठमाडौं पुगे गगन थापा

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनका लागि नेपाली कांग्रेसका सांसद गगन थापा दमौलीबाट हेलिकप्टरमार्फत् काठमाडौं पुगेका छन् ।

दमौलीमा नेपाल महिला संघ व्यास नगर समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भइ उनी काठमाडौ उडेका हुन् । एक्कासि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि हतार–हतार उनी विश्वासको मत दिन काठमाडौ उडेका हुन् ।

पोखरामा दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिमा सहभागी भइ गाडीमार्फत् उनी दमौली आएका थिए ।दमौलीमा भएको नेपाली काग्रेसको १४ औं महाअधिबेशनमा महिलाको भूमिका चुनौती र अवसर बिषयक प्रशिक्षण एवम अन्तक्रिया कार्यक्रममा उनले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस