गोरखा । गोरखा जिल्लाको सिरान्चोक गाउपालिका ८ जौबारीका युवा शक्तिहरु एक जुट भएर सामाजिक काममा लागेका छन । युवाहरु हामीले हाम्रो गाउँ नबनाए कसले बनाउने भन्ने नाराका साथ सामाजिक काममा जुटेका हुन ।
जि के पनेरुको संयोजनमा २५ जनाको कार्यसमिति बनाएर युवाहरु सामाजिक काममा अघि बढेका हुन । संयोजक पनेरुले स्थानीय स्तरमा विकासको साथै लोकसंस्कृतिको जगेर्ना पनि हामी यूबाको दायित्व हो ।
यसैलाई मध्यनजर गर्दै हामी स्थानी वसिको अहिलेको आवश्यकता शिव मन्दिर , पार्क, र कुनैपनि कार्यक्रम, समारोह गर्न मिलने गरी भौतिक संरचना बनाउने संगै सार्बजनिक स्थल निर्माण गरि देश ब्यापिरुपमा निरन्तरता दिने संकल्प गर्दै सामाजिक विकासका काममा नहटी डटेर अगाडि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, १४ : ५२
लेखकबाट थप