काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् ।
सांसद झाँक्रीले प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएकी हुन् । ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं,’ झाँक्रीले भनिन् ।
झाँक्रीले निवेदक सांसदले मात्र नभई संस्थागत रुपमै निर्णय गरी एमालेले फ्लोरमै बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने प्रस्तावसमेत गरेकी छन् ।
प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् । प्रधानमन्त्रीले विश्वासको मत पाउन जनता समाजवादी जसपा र एमालेको माधव समूहका सांसदको साथ आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पदाधिकारीमा हारेकी रामकुमारी पोलिटब्युरो सदस्यमा विजयी
अहिलेको राजनीतिले संघीयता बचाउन सक्दैन : रामकुमारी झाँक्री
दलहरूले जनतालाई झूटा आश्वासन दिन बन्द गर्नुपर्छ : रामकुमारी झाँक्री