माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १३ : ००
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । दलको बैठकमा माओवादी केन्द्रबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी छन् ।

गत असार २९ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका काँग्रेस सभापति शेरबहादुर देउवाले आज आइतबार बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । फागुन २८ को सर्वोच्च अदालतको फैसलापछि संसद्को पहिलो बैठक आइतबार ४ बजे बस्दैछ । पहिलो बैठक बसेर स्थगित भएको केहीबेरमा अर्को बैठक बस्नेछ । सोही बैठकमा विश्वासको मतका लागि मतदान हुनेछ ।  

प्रतिक्रिया दिनुहोस