प्रतिनिधिसभा बैठकको कार्यसूचि तय

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १२ : २४
प्रतिनिधिसभा बैठकको कार्यसूचि तय

काठमाडौँ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचि तय गरेको छ ।सर्वोच्चको आदेश अनुसार पुनर्स्थापित संसदको पहिलो बैठक आइतबार बेलुका ४ बजे बस्दैछ। सो बैठकमा संसद अधिवेशन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, निधन भएका पूर्व संविधान सभा सदस्य तथा सांसदहरुप्रति शोक प्रस्ताव पारित गर्ने तथा सरकारले ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूचि तय गरिएको सभामुख अग्नि सापकोटाले जानकारी दिएका छन्।

त्यसपछि प्रतिनिधिसभाको आइतबारको पहिलो बैठक सकिने र त्यसको केही समयपछि दोस्रो बैठक बस्ने गरि तयारी गर्ने निर्णय भएको सभामुख सापकोटाले जानकारी दिए।

दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूचि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुख सापकोटाले जानकारी दिए।

विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद सचिवालयमा प्राप्त भइसकेको र आफूले सोही अनुसार प्रक्रियाका लागि तयारी गर्न निर्देशन पनि दिइसकेको उनले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस