काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले मुलुकमा उत्पादित जल ऊर्जाको पूर्ण प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई घटाउनुपर्ने बताएकी छिन । पेट्रोलियम पदार्थको पहिलो विकल्प नै जल ऊर्जा भएको समेत उनले बताएकी हुन।
भुसालले निजी क्षेत्रले निर्माण गर्ने जलविद्युत लगायतका संरचनालाई सरकार र स्थानीय जनताले निरन्तर लाभ लिनसक्ने खालको बनाउनुपर्नेमा समेत जोड दिईन। उनको भनाई थियो, ‘निजी क्षेत्रले निर्माण गरेको संरचना तोकिएको लिज अवधिलाई मात्र हुने गरी बनाउने काम मुलुक र जनताको हितमा छैन ।’
विद्युत विकास विभागको कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादक संघ इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले राज्यले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी रहेको मन्त्री भुसाललाई सुनाएका थिए।आचार्यले कृषिमा र घरेलु गार्हस्थ्य उपभोगमा हुने विद्युतको खपत अझै दयनीय अवस्थामा रहेको जानकारी गराएकी छिन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ साउन २०७८, १४ : ०६
लेखकबाट थप