नेकपा (एमाले) को संसदीय दलको बैठक जारी

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, १५ : ४१
नेकपा (एमाले) को संसदीय दलको बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ। संसद भवनको ल्होत्से हलमा जारी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू उपस्थित छैनन् । 

राष्ट्रिय सभा सदस्यसमेत रहेका उपाध्यक्ष वामदेव गौतम बैठक सुरू हुनै लाग्दै संसद भवनबाट बाहिरिएका थिए। यसअघि अध्यक्ष केपी शर्मा ओली समूहका स्थायी कमिटी सदस्यहरूमात्रै सहभागी भएको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठक रोक्न भनेर नेपाल समूहका नेताहरू गए पनि अध्यक्ष ओलीले मानेका थिएनन्।

प्रतिक्रिया दिनुहोस