लुम्बिनी प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट

अध्यादेशबारे २ बजे पत्रकार सम्मेलन गर्ने तयारी

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, १० : १२
लुम्बिनी प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट

बुटवल । प्रदेश सभाबाट बजेट पारित नहुने भएपछि लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए ।

अध्यादेशबारे बारे प्रदेश सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने चौधरीले बताए । उनका अनुसार सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याइएको हो ।

‘एक सत्तापक्षिय नेताका अनुसार बजेट अभावले कुनै पनि काम नरोकियोस् भनेर बिहानै अध्यादेश बजेट ल्याइको हो ।  यो हाम्रो बाध्यकारी अवस्था हो।’ सदनबाट बजेट पास हुने नदेखेपछि गएराति सरकारले चालू अधिवेशन अन्त्य गरेको थियो ।