सरकारमा जाने विषयमा छलफल गर्न जसपाको बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १४ : २९
सरकारमा जाने विषयमा छलफल गर्न जसपाको बैठक सुरु

काठमाडौं । सरकारमा सहभागिताको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय बालकुमारीमा शुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई पक्षधर काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी छन् ।

बैठकमा सर्वोच्च अदालतको आदेशबाट बन्ने शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने विषय प्रमुख एजेण्डाको रुपमा रहेको एक नेताले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस