काँग्रेस नेता पौडेल आन्तरिक छलफलमा, सिटौलाले बोलाए आफू निकटको बैठक

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १२ : ३५
काँग्रेस नेता पौडेल आन्तरिक छलफलमा, सिटौलाले बोलाए आफू निकटको बैठक

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री बन्ने बाटो खोलिदिएपछि सो पार्टीका संस्थापन इतर पक्ष आन्तरिक छलफलमा जुटेको छ । आफू निकटबाट कसलाई मन्त्री बनाउने भन्नेबारे छलफलका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला पक्ष आन्तरिक बैठकमा जुटेको हो । 

काँग्रेस नेता कृष्ण प्रसाद सिटौला पक्षले दिउँसो १ बजे बैठक बोलाएको छ । चलडोलस्थित सिटौला निवासमा गगन थापासहितका नेताहरुलाई बोलाइएको छ । सो बैठकबाट सिटौलाको भागमा पर्ने मन्त्रीको छनोट हुने नेता भीमसेनदास प्रधानले जानकारी दिए ।

सिटौला समूहबाट तीन प्रतिनिधिसभामा गगन थापा, उमाकान्त चौधरी र भीमसेन दास प्रधान सांसद रहेका छन् । उनीहरुमध्ये एकजनालाई मन्त्री बनाउन सिटौलाले सिफारिस गर्ने पक्कापक्की छ ।

प्रतिक्रिया दिनुहोस