जनमोर्चा तत्काल सरकारमा नजाने

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, ११ : ४८
जनमोर्चा तत्काल सरकारमा  नजाने

काठमाडौं । राष्ट्रिय जनमोर्चा तत्काल सरकारमा सहभागी नहुने भएको छ । पार्टीको बैठक नै नबसेकाले सरकारमा सहभागी हुने सम्भावना कम रहेको पार्टीकी उपाध्यक्ष दूर्गा पौडेलले बताएकी छन् ।  

उपाध्यक्ष पौडेलले भनिन्, ‘पार्टीको बैठक सायद भोलि बस्छ होला । त्यसपछि संस्थागत निर्णय होला । आजै चाहिं सरकारमा जाने सम्भावना कम छ ।’ सोमबार बसेको विपक्षी गठधबन्धनको बैठकमा पनि उपाध्यक्ष पौडेलले सरकारमा सहभागी हुने र नहुने भनेर पार्टीले केही निर्णय नगरेको बताएकी थिइन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रीमण्डलसहित प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् । पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको बारेमा देउवा बिहानैदेखि परामर्शमा व्यस्त छन् ।

 

प्रतिक्रिया दिनुहोस