रौतहटमा  ट्रयाक्टर दुघर्टनामा हुँदा दुईजनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १० : ४०
रौतहटमा  ट्रयाक्टर दुघर्टनामा हुँदा दुईजनाको मृत्यु

गौर । रौतहटमा ट्रयाक्टर दुघर्टनामा हुँदा दुईजनाको मृत्यु भएको छ । देवाही गोनााही नगरपालिका–४ स्थित लालबकैया नदीको बाँधमा सोमबार मध्य राति १२ बजे ना ४ त १५०७ नम्बरको ट्रयाक्टर दुघर्टना भएको थियो ।

सो दुर्घटनामा परि देवाही गोनाही नगरपालिका वडा नम्बर ४ निवासी ट्रयाक्टर चालक २० वर्षीय कोबिन्द्र पटेल र वडा नम्बर ३ का १९ वर्षीय गोबिन्द पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिए। थप दुईजना घाइते भएका छन्। उनीहको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस