अदालतको फैसला विरुद्द ओली निकट युवा संघद्वारा नाराबाजी ‍

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १४ : ३०
अदालतको फैसला विरुद्द ओली निकट युवा संघद्वारा नाराबाजी ‍

काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै सर्वोच्च आसपाससँगै काठमाडौँका महत्त्वपूर्ण स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी मुद्दामा कांग्रेस सभापति देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री नियक्त गर्न आदेश दिएको हो। सर्वोच्चको उक्त आदेशपछि काठमाडौँका मुख्य स्थानमा प्रहरी तैनाथी बढाइएको छ।

माइतीघरमा नेकपा एमाले ओली निकट युवा संघले सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन गरेको छ। युवा संघले  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध नारावाजी गरेका छ।
 

प्रतिक्रिया दिनुहोस