अदालतको फैसलाप्रति कमल थापाको टिप्पणी - 'सर्वोच्चमा गोरु ब्यायो'

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १४ : ०६
अदालतको फैसलाप्रति कमल थापाको टिप्पणी - 'सर्वोच्चमा गोरु ब्यायो'

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलाप्रति टिप्पणी गर्दै यसलाई राजनीतिक फैसला भनेका छन् ।

उनले राप्रपाका संस्थापक नेता तथा वरिष्ठ राजनीतिज्ञ स्वर्गीय राजेश्वर देवकोटाको शब्द सापटी लिँदै ‘सर्वोच्चमा गोरु ब्यायो’ भनेका छन् । देवकोटाले २०५२ भदौ १२ को फैसलाप्रति टिप्पणी गर्दै सर्वोच्चमा गोरु ब्याख्यो भनेका थिए ।

त्यसबेला सर्वोच्चले एमाले अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीको संसद विघटनलाई बदर गरेको थियो ।

थापाले भनेका छन्, ‘वरिष्ठ राजनितिज्ञ स्व। राजेश्वर देवकोटाको शब्द सापटी लिएँ सर्वोच्च अदालतमा आज गोरू ब्यायो राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’


 

प्रतिक्रिया दिनुहोस