अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला हुन नेता कार्यकर्तालाई महेश बस्नेतको आह्वान

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १३ : ५६
अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला हुन नेता कार्यकर्तालाई महेश बस्नेतको आह्वान

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला नेता कार्यकर्तालाई आह्वान गरेका छन् । ‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाऔँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 
 
उनले आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन भएको पनि बताएका छन् । ‘निर्दलीय शासन व्यवस्था पुन विजारोपण भएको दिन’, उनले भनेका छन्, ‘व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण।

अब देश राजनैतिक द्वन्द्वमा प्रबेश गरेको छ। यो परमादेश कार्यान्वयन गर्ने असम्भव छ।’युवा संघले पनि यसको विरुद्ध आजै माइतीघर मण्डलामा बिरोध प्रदशन गर्न लागेको बस्नेतले बताएका छन् ।


 

प्रतिक्रिया दिनुहोस