प्रतिनिधिसभा विघटन

प्रधान न्यायाधीशसँग चार न्यायाधीश छलफलमा

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १३ : ०९
प्रधान न्यायाधीशसँग चार न्यायाधीश छलफलमा

काठमाडौं । प्रतिनिधीसभा विघटन बिरुद्धको मुद्दाको फैसला गर्नुअघि प्रधान न्यायाधीशसँग चारजना न्यायाधीश छलफलमा जुटेका छन् । 

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई प्रधान न्यायाधीशको चेम्बरमा छलफल गरिरहेका छन् । 

छलफलपछि संवैधानिक इजलास बस्ने बताइएको छ । प्रतिनिधीसभा विघटन बिरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । छलफलपछि सोमबार फैसला आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस