श्रृङ्खला खतिवडा बनिन् यसवर्षको ‘मिस नेपाल’

विहीबार, २९ चैत्र २०७४, ०७ : ४४
श्रृङ्खला खतिवडा बनिन्  यसवर्षको ‘मिस नेपाल’

काठमाड । ‘मिस नेपाल वर्ल्ड’२०१८ को उपाधि श्रृङ्खला खतिवडाले जितेकी छिन् । बुधबार अबेर राजधानीको होटल अन्नपूर्णमा सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडा यसवर्षको मिस नेपाल वर्ल्ड  घोषित भएकी हुन् ।  

मकवानपुरको हेटौंडा स्थायी घर भएकी २२ वर्षीया शृङ्खला खतिवडा यस वर्षकी मिस नेपाल घोषित भएकी हुन् । उनलाई गतवर्षको ‘मिस नेपाल’ निकिता चन्दकले ताज पहिर्याइदिएकी थिइन् । खतिवडा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले सांसद विरोध खतिवडा तथा ३ नम्बर प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन् । खतिवडाले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।

यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देलले जित्दा मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितिन् । यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्यले जितिन् । द हिडेन ट्रेजरको आयोजना ‘मिस नेपाल २०१८’ भएको हो ।

प्रतिक्रिया दिनुहोस