जातीय विभेदको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिद्वारा प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १७ : ०२
जातीय विभेदको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिद्वारा प्रदर्शन

काठमाडौं । मुलुकभर दलित समूदायमाथि भइरहेका जातीय विभेदका घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

जातीय विभेद अन्त्य नभएका कारण विभिन्न घटनाहरु भइरहेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रुपा सुनार घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

त्यस्तै, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले अख्तियार दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीहरुले राज्यले नै दलित विभेदलाई पूर्ण रुपमा अन्त्य गर्न अग्रसर हुनुपर्ने बताएका छन् ।

त्यस्तै उनीहरुले जातिय विभेद गर्नेलाई कडा भन्दा कडा कारवाहीको व्यवस्था हुनुपर्ने भन्दै अब निरन्तर राज्यलाई खबरदारी गर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले रुपा सुनारलाई न्याय दे, मान्छे भएर बाच्न दे, जुन समाजमा जात छ, विभेदै विभेदको खात छ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।