काठमाडौं । दिग्गज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा अभिनेता श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए ।
कार्यक्रममा स्वास्थ्यका कारण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका पुत्र यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । कोभिड–१९ लाई जितेर घरैमा स्वास्थ्यलाभ गरिरहेका श्रेष्ठको स्वास्थ्य अहिले ठिक रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ असार २०७८, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदनकृष्ण श्रेष्ठको आवाज रहेको जागरणमूलक गीत ‘मुटु पोल्ने’ सार्वजनिक
नेपाल टेलिकमको 'ब्रान्ड एम्बेस्डर'मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त