देउवा नेतृत्वको गठबन्धन अलोकतान्त्रिक छ : ओली

आइतबार, १७ मंसिर २०७४, १२ : ४२
देउवा नेतृत्वको गठबन्धन अलोकतान्त्रिक छ : ओली

१७ मंसिर, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन । उनले लुटलाट गर्ने उद्देश्य लिएर लोकतान्त्रिक गठबन्धन गरेको आरोप लगाए ।

विराटनगरको पुष्पलाल चोकमा आइतबार विहान आयोजित क्षेत्रीय चुनावी सभालाई सम्वोधन गर्दै उनले भने, ‘कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धन भनिएको त्यो लोकतान्त्रिक होइन, अलोकतान्त्रिक गठबन्धन हो ।’

ओलीले लोकतान्त्रिक गठबन्धनले देश विकास गर्न नसक्ने भएकाले आम मतदाता सचेत रहनु पर्ने बताए । आब वाम गठबन्धनले मात्र राष्ट्रको रक्षा र स्वाभिमानलाई उच्च बनाउने दावी गर्दै ओलीले सबै जातजाती भूगोलका समुदायबीच राष्ट्रिय एकताको भावना जगाउन वाम गठबन्धनले मात्र सक्दछ भनि आफनै बयान गर्नुभयो  । त्यसै गरि कांग्रेसले बहुराष्ट्र नाम दिएर नेपालीलाई फुटाउने उदेश्य राखेकोे आरोप ओलीले लगाए ।

 

प्रतिक्रिया दिनुहोस