चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ कोे पहिलो गीत सार्वजनिक

बुधबार, २८ चैत्र २०७४, १७ : ०६

काठमाडौं । विकास बस्यालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको ‘तिम्रो हर सासमा तिमी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र फिरोज बस्नेतको स्वर रहेको छ । गीतमा मनिष सुन्दर श्रेष्ठ र मलिना जोशी देखिएका छन् । चलचित्रमा मनिष र मलिनाको अलवा वर्षा सिवाकोटी र स्वरूप पुरुस ढकाल लगायत अन्य कलाकारको अभिनय रहेको चलचित्र अहिले पोस्टप्रोडक्सनमा रहेको छ ।

८ असारबाट प्रदर्शन हुने चलचित्रका मदन दवाडी, हरि प्रसाद अधिकारी र डाल चन्द्र दवाडी निर्माता रहेका छन् । प्रकाश बास्कोटा कार्यकारी निर्माता रहेको चलचित्रका सहनिर्माता बिना कार्की हुन् । चलचित्र मुस्ताङ, पोखरा र काठमाडौँ लगायत स्थानमा छायाँकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस