स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँ सहित २ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, १८ : ५१
स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँ सहित २ जना पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले करिब ३२ लाख रुपैयाँ नगदसहित २ जनालाई पक्राउ गरेको छ।

सिद्धार्थनगर नगरपालिका-१ स्थित बाइपासमा मंगलबार दिउँसो लु २१ प २२१२ नम्बरको स्कुटी चलाइरहेका व्यक्तिलाई रोकेर खानतलासी गर्दा उनको साथबाट ३१ लाख ९० हजार रुपैयाँ नगद बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-१ निवासी २१ वर्षीय विनय कलवार र भारत उत्तर प्रदेश नौतनवाका ३५ वर्षीय सुरज गौण रहेका छन्। उक्त रकमको स्रोत नखुलेको भन्दै प्रहरीले हुन्डिको आशंकामा राजस्व कार्यालयलाई बुझाएको छ।

प्रतिक्रिया दिनुहोस