१५० किलो गाँजासहित दुई जना  पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, १४ : २०
१५० किलो गाँजासहित दुई जना  पक्राउ

सुनसरी । सुनसरीमा प्रहरीले १५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका-८ शुक्रबारेका २२ वर्षीय भूपेन राय र सुनसरी रामधुनी-७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन् ।

सुनसरी बराहक्षेत्र नगरपालिका-८ चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो।

मंगलबार बिहान राति १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले चतराबाट आइरहेको को२च ११२ नम्बरको मारुती भेन र को२प ३५०२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो।

चेकजाँचको क्रममा भेनबाट गाँजा, सिटमा राखिएको अवस्था १ थान नक्कली पेस्तोल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए।

प्रहरीलाई देख्नासाथ दुई जना भागेको र उनीहरूको खोजी भइरहेको थापाले बताए।

प्रतिक्रिया दिनुहोस