माओवादी नेता महादेव यादवको निधन, प्रचण्डद्वारा दुःख व्यक्त

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, १० : ४१
माओवादी नेता महादेव यादवको निधन, प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । धनुषा जनकपुर निवासी क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवको सोमबार बेलुका आफ्नै निवासमा निधन भएको हो । 

उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन् । वक्तव्यमा अध्यक्ष प्रचण्डले नेता यादवको निधनले कम्युनिष्ट आन्दोलनले एक संघर्षशील नेता गुमाउनुका साथै पार्टीले समर्पित सहकर्मी गुमाएको उल्लेख गरेका छन् । 

उनले वक्तव्यमा भनेका छन्–‘यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको छ ।  उनले  श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । 

यादवले  २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । उनी महान् सहिद रामबृक्ष यादवलाई आदर्श मान्दै मुक्तिकामी आन्दोलनहरुमा सक्रिय सहभागी बनेका थिए । 

प्रतिक्रिया दिनुहोस