सरकारका धेरै निकायमा पुरानो नक्सा नै छ त्यसलाई सच्याउनुहोस् : डा.खिमलाल देवकोटा

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, १६ : ३९
सरकारका धेरै निकायमा पुरानो नक्सा नै छ त्यसलाई सच्याउनुहोस् : डा.खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले सरकारका धेरै वेभसाइटहरुमा नेपालको पूरानो नक्सा नै रहेको भन्दै सच्याउन अनुरोध गरेका छन् । 

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलो पल्ट बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकता औल्याएका हुन् ।

उनले सपथ सम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको बताए । अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर सपथ लिन लगाउनुपर्ने राष्ट्रपतिले सपथ सम्बन्धी अध्यादेश जारी गरेर संविधान विपरित काम गरेको टिप्पणी देवकोटाले गरे ।

उनले राष्ट्रपतिको यो कदमले संविधानको संरक्षण र सम्वद्र्धन हुन नसक्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस