राप्रपाले कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, १८ : ००
राप्रपाले कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाधिवेशनको मिति तय गरेको छ । कोरोनाभाइरसका कारण देखाउँदै यसअघि महाधिवेशन स्थगित हुँदै आएकोमा शनिबार नयाँ मिति तय गरिएको हो । 

शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कात्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । 

त्यसका लागि  वडा र गाउँ र नगर र प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गर्ने निर्णय भएको छ भने सक्रिय सदस्यता वितरण  भाद्र मसान्त सम्म सक्ने तय गरिएको छ । 

यसैगरी सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई असोज ७ गतेसम्म उपलब्ध गराउने, महाधिवेशन प्रतिनिधिको निर्वाचन असोज २० गतेसम्म गरिसक्ने तय भएको छ । 

प्रतिक्रिया दिनुहोस