बागमती प्रदेशसभाबाट एउटा विधेयक पारित

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, १७ : ४५
बागमती प्रदेशसभाबाट एउटा विधेयक पारित

हेटौंडा । बागमती प्रदेशसभाको बैठकले एउटा विधेयक पारित गरेको छ ।शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

अर्थ तथा विकास समितिले गरेको निर्णयसहितको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।यस्तै, प्रदेशसभा सचिवालयमा दर्ता भएको उच्च शिक्षा विधेयक र प्रदेश पर्यटन विधेयक छलफलका लागि ३ वटा विधेयक माथि छलफल भएको छ ।

बैठकमा प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका स्वीकृति प्रदान गरेको छ ।

दुईवटै विधेयकमाथि प्रदेशसभामा छलफलका लागि पेश गरिएको थियो । छलफलमा दलगत रूपमा प्रदेशसभाका सदस्यहरू सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस