सरकारविरुद्ध पाँच विद्यार्थी संगठनको देशभर प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, १७ : ३९
सरकारविरुद्ध पाँच विद्यार्थी संगठनको देशभर प्रदर्शन

काठमाडौँ । विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंका विभिन्न क्याम्पसअघि विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, प्रतिनिधिसभा विघटनलगायतको विरोध गर्दै गरेको प्रदर्शनमा विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत जलाएका छन् ।

विपक्षी गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपा र जनमोर्चा नेपालनिकट विद्यार्थी संगठनले पछिल्ला दिनमा निरन्तर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस