रुकुममा दुई समूहबीच झडप, दुई जना घाइते

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, १५ : ०४
रुकुममा दुई समूहबीच झडप, दुई जना घाइते

रुकुम । रुकुम पश्चिमा शुक्रबार साँझ दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।आठबिसकोट नगरपालिका–३ , खदी भन्ने स्थानमा घोडालाई ट्याक्टरले  ठक्कर दिएको बिषयलाई लिएर  युवाहरुको दुई समुह  बिच झडप भएको थियो ।

रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी धुर्वकुमार श्रेष्ठका अनुसार झडपमा परि सोही वडा उपल्लो खदी गाउँका २६ बर्षीय गोपाल बिक र २८ बर्षीय राजन बिक गम्भीर घाइते भएका  हुन् । 

 उनका अनुसार घटना स्थल डोल्पाको सिमनामा पर्ने अति विकट गाउँमा हो । हिजो साँझै चाहनेहरुलाई सदरमुकामका अस्पतालमा ल्याउन खोजिए पनि  त्यहाँ हेलिकप्टर समेत बस्ने नसक्ने भए पछि स्थानीयले स्ट्रेचरमा राखेर जिल्ला अस्पताल लगेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस