आगामी आन्दोलनको ‘मोडालिटी’ तय गर्दै संयुक्त विद्यार्थी संगठन

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १३ : १६
आगामी आन्दोलनको ‘मोडालिटी’ तय गर्दै संयुक्त विद्यार्थी संगठन

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघ लगायत संयुक्त विद्यार्थी संगठनको बैठक अहिले काठमाडौं बुद्धनगरमा बसिरहेको छ ।

आजको बैठकले आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै बिगतका कार्यक्रमको समिक्षा गर्ने नेविसंघ महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिए ।

बैठकले देशभर संचालित आन्दोलन सफल बनाउन मेहनत र सहभागी सबैलाइ धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भ्रत्सना गरेको छ ।

बैठकमा नेबिसंघ अध्यक्ष राजिब ढुङ्गाना,अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ,अखिल अध्यक्ष सुदेश पराजुली,समाजबादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ,अखिल छैटौंका अध्यक्ष बिमल पोख्रेलले, नेबिसंघ महामन्त्री तिमल्सिना लगायत उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस