मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कियो, आवतजावत ठप्प

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १० : ५६
मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कियो, आवतजावत ठप्प

काठमाडौं । अविरल वर्षाका कारण गोर्खा र तनहुँ जोड्ने मर्स्याङ्दीमा रहेको झोलुंगे पुल भत्किएको छ । पुल भत्किएसंगै दुवैतर्फको आवतजावत पुर्ण रुपमा ठप्प बनेको छ । 

गोरखा नगरपालिका वडा नम्बर १२ र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट जोड्ने झोलुंगे पुलको एक तर्फको भागमा क्षति पुगेको छ । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ ।

गोरखा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर खड्काले पुलको एकातर्फको जिप बगाएको बताए। पुलमा क्षति पुगेपछि मानिसहरू मर्स्याङ्दी नदी पार गरेर पृथ्वीराजमार्गसम्म पुग्न सकेका छैनन्।
 

प्रतिक्रिया दिनुहोस