बाढीपहिरो पीडितको तत्काल उद्धारमा लाग्न गृहमन्त्री पौडेलको निर्देशन

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, १६ : ०९
बाढीपहिरो पीडितको तत्काल उद्धारमा लाग्न गृहमन्त्री पौडेलको निर्देशन

काठमाडौं । गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन ।बाढी पहिरोका कारण नागरिक मारमा परेको भन्दै उनले उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न निर्देशन दिए ।

गृह मन्त्रालयमा बिहीबार बसेको विपद ब्यवस्थापन सम्बन्धि बैठकमा उनले् अविरल वर्षाले देशका विभिन्न स्थानमा जनधनको क्षति भएका विवरण आइरहेकाले उद्धार र राहतका लागि निर्देशन दिएका हुन ।

उद्धार तथा राहतका लागि स्रोतको अभाव हुन नदिने उनको भनाई छ ।बैठकमा गृह सचिव महेश्वर न्यौपानेले उद्धार तथा राहत कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकोले राहत तथा उद्धारमा स्रोतको अभाव नहुने बताए ।
 

प्रतिक्रिया दिनुहोस