अविरल वर्षाका कारण ठाउँ ठाँउमा पहिरो खसेपछि  पृथ्वीराजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, १२ : ४८
अविरल वर्षाका कारण ठाउँ ठाँउमा पहिरो खसेपछि  पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । अविरल वर्षाका कारण ठाउँ ठाँउमा पहिरो खसेपछि पृथ्वीराजमार्गको मलेखु मौवाखोला खण्ड रातिदेखि अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला आसपासमा पहिरो खसेपछि रातिदेखि सडक अवरुद्ध बनेको हो ।

बिहानैदेखि पहिरो हटाउने काम भइरहेको छ । वर्षा जारी रहेको र लेदो सहितको पहिरो खस्न नछाडेकाले पहिरो पन्छाउन समस्या भएको जोगिमारा प्रहरी कार्यालयले जनाएको छ ।

लगातार परेको वर्षाले धादिङको वेनिघाटरोराङ गाउँपालिकाको हुग्दिखोला, गोईराङ,रोवाङ, कोस्राङ, जोगिमारा, हात्तिबाङ लगायतका स्थानमा पहिरो खसिररहेको र त्यो सबै बग्दै पृथ्वीराजमार्गमा आइपुग्ने भएकाले राजमार्गमा लेदो झर्ने क्रम जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस