सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, ११ : ३८
सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८ सय रुपैयाँले मूल्य वृद्धि भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले वृद्धि हुँदै ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, यता चाँदीको मूल्य समेत गत बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै १ हजार ३१० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

गत बुधबार बजारमा सुन प्रतितोला ९० हजार र चाँदी एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस