पाल्पामा अज्ञात समूहद्वारा वडा कार्यालयसहित ६ स्थानमा तोडफोड

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, ११ : ३३
पाल्पामा अज्ञात समूहद्वारा वडा कार्यालयसहित ६ स्थानमा तोडफोड

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –५  को वडा कार्यालय सहित विभिन्न स्थानमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।  

 गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीका अनुसार मुझुङ टोलमा रहेको वडा नम्वर ५ को कार्यालय , कालिका माविको कार्यालय , महिला सहकारी संस्था, हुलाक कार्यालय ,कृषि सहकारी संस्थाको कार्यालय र नेत्रबहादुर कार्कीको पसल तोडफोड भएको हो । क्षतिको एकिन विवरण  संकलन भइरहेको गाउँपालिकाले जनाएको छ ।   

पाल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले  घटनाको पुष्टि गर्दै  जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस