एनआईसि एशिया बैंकद्धारा नवलपुरको कांग्रेसचोकमा नयाँ शाखा विस्तार

मंगलबार, २७ चैत्र २०७४, १५ : ३६
एनआईसि एशिया बैंकद्धारा नवलपुरको कांग्रेसचोकमा नयाँ शाखा विस्तार

नवलपुर : एनआईसी एशिया बैंकले आफ्नो १७४ औ शाखा नवलपुरको गैडाकोटमा विस्तार गरेको छ । बैंकको एक समारोहका बिच गैडाकोट नगरपालिका का प्रमुख छत्रराज पौडेल र एनआईसी एशिया बैंकका संचालनक समितिका सदस्य राजेन्द्र प्रसाद अर्याले संयुक्त रुपमा गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख (मेयर) छत्रराजले स्थानिय किायमा बैकिङ्ग सेवा नपुगेको अवस्थामा क वर्गको बैक गैडाकोट आउनु आर्थिक समृद्धिका लागि नयाँ कोसेढुगां भएको बताउनुभयो ।बैंकले यस क्षेत्रका व्यापारी, व्यवसायी तथा स्थानिय सर्वसाधारणलाई सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


बैंकले काग्रेसँचोकमा एटिएम सहित सेवा सुभारम्भ गरेको बैंक संचालक समिति सदस्य राजेन्द्र प्रसाद अर्यालले जानकरी दिनुभयो ।कार्यक्रममा गैडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कडेँल, गैडाकोट उद्योग बाणिज्य संघका अधयक्ष अमृत भट्टचन , वडा न ४ का वडा अध्यक्ष कृष्णपसाद न्यौपाने, बैकका क्षेत्रिय प्रबन्धक तिलक कार्की लगायतले शुभकामना मन्त्वय व्यक्त गर्नुभएको थियो ।


बैंकको अहिले देश भरि १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैङ्किङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।बैंकको वासलातको आकार १५४ अर्ब पुग्दा कुल कर्जा १०६ अर्ब छ भने कुल निक्षेप १३० अर्ब पुगिसकेको छ ।


 

प्रतिक्रिया दिनुहोस