रुपा सुनारविरुद्ध घरधनी सरस्वती प्रधानले दिइन् उजुरी

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १७ : ३२
रुपा सुनारविरुद्ध घरधनी सरस्वती प्रधानले दिइन् उजुरी

काठमाडौं । सञ्चारकर्मी रुपा सुनारविरुद्ध घरधनी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् । प्रधानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्ट बिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिइएको बताएकी छन् । 

दलितलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरधनी सरस्वती प्रधानले आफूलाई षड्यन्त्रमुलक ढंगले फसाइएको बताएकी छन् । बुधबार आयोगमा आफूले जातीय विभेद एवं छुवाछुतको व्यवहार नगरे पनि आफूमाथि षड्यन्त्र गरी प्रहरीमा थुनाएको घरधनी प्रधानले बताएकी छन् । 
सञ्चारकर्मी सुनारले दलित भएकै कारणले प्रधानले कोठा भाडा नदिएपछि  प्रहरीमा उजुरी दिएकी हुन् । प्रधानलाई प्रहरीले ३ दिन थुनामा राखेर छाडेको थियो । 

प्रतिक्रिया दिनुहोस