समायोजन र सदस्यता विवाद समाधानमा गम्भीर हुन निधिलाई नेता पौडेललको आग्रह

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १३ : २७
समायोजन र सदस्यता विवाद समाधानमा गम्भीर हुन निधिलाई नेता पौडेललको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको समायोजन र क्रियाशील सदस्यताको विवाद टुंग्याएरमात्रै उम्मेदवारीबारे कुरा गर्न उपसभापति विमलेन्द्र निधिलाई सुझाएका छन् ।

पौडेल निवास बोहोराटार पुगेका निधिलाई वरिष्ठ नेता पौडेलले समायोजन र सदस्यता विवाद समाधानमा गम्भीर हुन आग्रह गरेका हुन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति निधिले पछिल्लो समय नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । निधिसँग निर्वाचनबारे कुनै छलफल नगरेको पौडेलले बताए ।

‘निधिजी पार्टीको उपसभापति पनि हो । उहाँले पहिले महाधिवेशन गराउन आफ्नो तर्फको जिम्मेवारी पनि पूरा गर्नुपर्‍यो । समायोजनको विवाद टुग्याउनुपर्‍यो । क्रियाशील सदस्यताको मापदण्ड तत्काल पारित गर्नुपर्‍यो । त्यसपछि बाँकी कुरा गरौंला भने’, भेटबारे पौडेलले  भने ।

उपसभापति निधिले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नुपर्ने काम जारी रहेको बताएका थिए । सभापतिमा उम्मेदवारी घोषणा गरेकोबारे निधिले पौडेलसँग संवाद गर्न चाहेपनि पौडेलले त्यसबारे पछि कुरा गर्ने बताएका थिए ।

आसन्न महाधिवेशनमा सभापति पदका दाबेदार रहेका दुवै नेताबीच क्रियाशील सदस्यताको विवाद टुंगिएपछि थप छलफल गर्ने सहमति भएको छ । ‘
 

प्रतिक्रिया दिनुहोस