एजेन्सी । युरो २०२० को अन्तर्गत गए राति सम्पन्न खेलमा स्विट्जरल्यान्डले टाइब्रेकरमा फ्रान्सलाई सोमबार ५–४ ले स्तब्ध पार्दै क्वार्टरफाइनल यात्रा निश्चित गरेको छ । केयलिन एमबापे निर्णायक पेनाल्टी प्रहारमा चुकेपछि विश्व च्याम्पियन फ्रान्सले स्तब्धपूर्ण नतिजा बेहोरेको हो ।
दुई गोलले पछाडि रहेको स्थितिबाट खेलमा फर्केको स्विस टिमका लागि मारियो गाभरानोभिचले ९० औं मिनेटमा बराबरी गोल गोल गरेका थिए ।स्विस गोलरक्षक यान सोमरले एमबापेको पेनाल्टीलाई गोल हुन दिएनन् । अब अन्तिम आठमा स्विट्जरल्यान्डको सामना स्पेनसँग हुनेछ ।
ह्यारिस सेफेरोभिचले स्विट्जरल्यान्डलाई १५ औं मिनेटमा अग्रता दिलाएका थिए । लगतै रिकार्डो रोडरिग्वेजको पेनाल्टी प्रहार फ्रान्सेली गोलरक्षक ह्युगो लोरिसले जोगाए ।
त्यसपछि फ्रान्सेली टिममा साढे पाँच वर्षपछि फर्केका करिम बेन्जेमामा दुई गोल गर्दै टिमलाई खेलमा पर्काए । पउल पोग्बाले ७५ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई ३–१ ले अगाडि राखे । पोग्बाको त्यो गोल उत्कृष्ट थियो, तर फ्रान्सले त्यस स्थितिबाट आफूलाई सम्हालेर राख्न सकेन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १५ असार २०७८, ०७ : ५८
लेखकबाट थप