काठमाडौं । नेकपा एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले एमाले परित्यागको घोषणा गरेका छन् । उनले आफू स्वतन्त्र राष्ट्रिय सदस्यको हैसियतमा रहन चाहेको भन्दै संसद सचिवालयलाई जानकारी समेत गराएका छन् ।
आइतबार उनले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको सदस्य भएको र सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहन चाहेको उल्लेख गरिएको छ ।
‘सर्वोच्च अदलतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलबिहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ’, उनले पत्रमा भनेका छन्, ‘तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’
उनले आफूलाई राष्ट्रियसभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र सम्बन्धित सबैलाई यसको आवश्यक जानकारी एवम् निर्देशन दिन पनि अनुरोध गरेका छन् । उनले आफूले पाउने पारिश्रमिक र अन्य सेवा सुविधाबाट लेवी वा अन्य कुनै पनि दलको खातामा जम्मा नगरिदिन पनिसंसदको लेखा शाखालाई जानकारी गराइदिन अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असार २०७८, २१ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र एमालेबीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन : बेदुराम भुसाल