काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितको मुद्दामा सुनुवाइ भइरहेका बेला देउवापक्षीय वकिलहरूको समय विभाजनप्रति प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रश्न उठाएका छन् ।
उनीहरुले बहसका लागि पाएका १२ घण्टामध्ये अब साँढे २ घण्टा बाँकी रहँदा सबै वकिलको दलीय आधारमा भागबण्डा पुर्याउन ३ मिनेटसम्मको समय बाँडफाँड गरेर इजलासमा पठाइएको छ ।
आजको सुनुवाइमा बहस गर्न उभिएकी वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई प्रधानन्यायाधीशले ३ देखि ५ मिनेट बहस गरेर के हुन्छ ? भन्ने प्रश्न राखेका थिए ।
राणाको प्रश्न थियो, ‘३ र ५ मिनेट बहस गरेर के हुन्छ ? यो त जिस्काए जस्तो भयो । बहसमा उभिएर जाने हो र ? यति समयमा के बहस गर्नुहुन्छ ?’ देउवा पक्षको बहस आज सकिने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असार २०७८, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउने आदेश