काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो । विज्ञहरूले संक्रमणको तेस्रो लहर पनि आउन सक्ने चेतावनी दिइसकेको छन् ।
स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्य मन्त्रालय हाँक्ने मन्त्रीको जिम्मेवारी अलि बढी नै हुन्छ । तर, जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो मन्त्रालय हाँक्ने मन्त्री नै फेरिरहँदा कार्यसम्पादनमा समस्या आएको पाइएको छ । कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटकपटक मन्त्री परिवर्तन हुँदा अनेकन समस्या देखिएको छ । एक जना मन्त्रीले आफूले सारेको योजनालाई कार्यान्वयन गर्न नपाउँदै छिटोछिटो मन्त्री हेरफेर हुँदा कार्यसम्पादनमा समस्या देखिएको हो ।
३ फागुन २०७४ मा प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्ति भएयता तीन वर्ष चार महिनाको अवधिमा ६ जना स्वास्थ्यमन्त्री फेरिएका छन् । ओली प्रधानमन्त्री भएयता पद्मा अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । बिहीबारदेखि भने मन्त्री कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय पनि हेर्नेगरी जिम्मेवारी दिइएको छ ।
कोरोना महामारीयता मात्रै चार स्वास्थ्यमन्त्री परिवर्तन भएका छन् । कोरोना महामारीयता ढकाल, त्रिपाठी र तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेकोमा बिहीबारदेखि श्रेष्ठले जिम्मेवारी बहन गरेका हुन् । प्रधानमन्त्री ओलीले सुरुमा आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राखेर अर्याललाई राज्यमन्त्री बनाएका थिए । लगत्तै १८ जेठ २०७५ मा उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले । तर, उनी धेरै समय स्वास्थ्य मन्त्रालयमा रहन सकेनन् ।
४ मंसिर २०७६ मा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइयो । उनी पनि जेनतेन एक वर्ष टिके । लगत्तै, १० पुस २०७७ मा स्वास्थ्यमन्त्रीको जिम्मेवारी त्रिपाठीले पाए । उनी पनि पाँच महिना मात्रै टिके । लगत्तै शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालय सम्हाल्ने मौका मिल्यो । तर, सर्वोच्च अदालतले मन्त्री नियुक्ति बदर गरिदिएपछि बिहीबार कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयसहितको जिम्मेवारी पाएका हुन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असार २०७८, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यमन्त्री पौडेल र मालदिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट
आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद समाधान गर्छु : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका १४ बुँदे प्राथमिकता सार्वजनिक
स्वास्थ्यमन्त्री पौडेलले लिए विमान दुर्घटनाका मृत्तकको पोष्टमार्टमबारे जानकारी
स्वास्थ्यमन्त्री यादवको वीर अस्पतालमा छड्के
उपकरणको व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले गुनासो गर्न थाले : मन्त्री जोशी